पोखरा रामबजारमा उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

पाेखरा | साउन २०, २०८०

पोखरा रामबजारमा उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

पोखरा:      पोखरा महानगरपालिका १५ रामबजार लक्ष्मीटोलमा नेपाल मगर महिला संघ रामबजार पोखराको आयोजना ,नेपाल मगर युवा संघ रामवजार इकाई समितिको संयोजनमा  पाँच दिने उद्घोषण , भाषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । 


तालिमको समापन समारोहमा बोल्दै नेपाल मगर संघ रामबजारका संस्थापक अध्यक्ष एवं सल्लाहकार कर्णवहादुर राना मगरले तालिमपछि प्रशिक्षार्थीहरुले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए ।  


तालिमको समापन समारोहमा संस्थापक कोषाध्यक्ष एवं सल्लाहकार क्या.वेन वहादुर आलेमगरले यो तालिमले प्रशिक्षार्थीहरुमा सकरात्मक उर्जाका साथ अगाडी बढ्न सुझाव दिए ।  त्यस्तै नेपाल मगर युवा संघ रामवजार इकाईका अध्यक्ष दिलु विकट्टा मगरले यो तालिम अति प्रभावकारी भएकाले आगामी दिनमा पनि निरन्तरताको आवश्यकता औल्याए ।


कार्यक्रममा नेपाल मगर संघ रामवजार ईकाइ समितिका कार्यवाहक अध्यक्ष क्या. अमर राना मगर ,सचिव रेनु थापा मगर ,मगर युवा संघ रामवजार इकाईका  निवर्तमान अध्यक्ष ओम विकट्टा मगर ,मगर महिला संघ रामवजारकी पुर्व अध्यक्ष दान कुमारी थापा लगायतले बोलेका थिए । 

श्रावण १५ गतेदेखि सुरु भएको द्घोषण , भाषण तथा नेतृत्व विकास तालिममा ४५ जना प्रतिक्षार्थीहरुको सहभागिता रहेको थियो, भने तालिममा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गरेका थिए । तालिमको समापन समारोहमा प्रतिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्